११ श्रावण २०८३, सोमबार

एनआईसी एशिया बैंक सूर्याेदय वोमी लघुवित्तबाट बाहिरिँदै



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको ६१ हजार बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले लघुवित्तमा रहेको आफ्नो स्वामित्वको ६१ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीगरेर बाहिरन लागेको हो हो ।

उक्त सेयरको मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ तोकिएको छ । लघुवित्तको उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

उक्त सेयरमा इच्छुक लगानीकर्ताले आज साउन ६ गतेदेखि साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।