मौद्रिक नीतिः राष्ट्र बैंकले घटायो नीतिगत दर
काडमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरेको छ। यस्तै, नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ ।
तर, ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखेको छ । बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने मौद्रिक नीतिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता
अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिईएको राष्ट्र बैंकले जनाएको छ ।












