११ श्रावण २०८३, सोमबार

घट्यो असल कर्जाका लागि गर्नुपर्ने प्रोभिजन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असल कर्जाका लागि १.१ प्रतिशतमात्र नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

हाल बैंकहरुले यस्तो कर्जामा १.२ प्रतिशत नोक्सानी व्यवस्था गर्दै आएका छन् । तर, मौद्रिक नीति मार्फत यसलाई ०.१ प्रतिशत बिन्दुले घटाइएको छ ।