११ श्रावण २०८३, सोमबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं । सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम थियो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य स्थिर छ । यस दिन चाँदी एक हजार ७८५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ७९५ रुपैयाँमा किनबेच भएको थियो।