विद्युत बिक्री आम्दानी घटे पनि बढ्यो चिलिमे जलविद्युतको नाफा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विद्युत बिक्री आम्दानी घटे पनि बढ्यो चिलिमे जलविद्युतको नाफा



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनीको नाफा सामान्य बढेको छ । विद्युत बिक्री आम्दानी घटे पनि कम्पनीको नाफा सामान्य बढेको हो ।

गत वर्षको अन्त्यसम्म ६५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ०.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीले ६४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा भने ०.२८ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म भने १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

७ अर्ब ९८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ रिटेन्ड अर्निङका लागि छुट्टाएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.०९ रुपैयाँ, तरलता अनुपात १३.९९ प्रतिशत र मूल्य आम्दानी अनुपात ५७.४३ गुणा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्