एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : प्राधिकरणले औल्यायो पाइलटको गल्ती
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यस्तो बताएका हुन।
सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भीएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।















