विद्युत बिक्री आम्दानी बढेपछि घट्यो अप्पर साङ्गे हाइड्रोपावरको नोक्सानी
विद्युत बिक्री आम्दानी बढेपछि घट्यो अप्पर साङ्गे हाइड्रोपावरको नोक्सानी
काठमाडौं । अप्पर साङ्गे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढेपछि नोक्सानी घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ८९.५३ प्रतिशतले बढेको छ । सो अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ३ करोड १० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
कम्पनीको नोक्सानी ५ करोड ८ लाख रुपैयाँबाट घटेर १ करोड ७३ लाख रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८३.६६ प्रतिशत बढेर ५ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ११३.४३ प्रतिशत बढेर ६ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
२२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ ४१ पैसा रहेको छ।













