८ श्रावण २०८३, शुक्रबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो ।

साताको पहिलो कारोबार दिन १ लाख ४८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार ७१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने १ हजार ७२० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्