चिरख्वा हाइड्रोपावरले बेच्यो १ करोड १३ लाखको बिजुली
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म चिरख्वा हाइड्रोपावर कम्पनी ३८ लाख ६१ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी १२ लाख ६१ हजार रुपैयाँ नोक्सानमा थियो ।
असार मसान्तसम्ममा कम्पनीले १ करोड १३ लाख १५ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। कम्पनीले २०८१ जेठ २० गतेदेखि विद्युत बिक्री शुरु गरेको हो।
सो अवधिसम्ममा कम्पनीको कुल आम्दानी १ करोड ५ लाख रुपैयाँ रहेको छ भने कुल खर्च ८० लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ९७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ १७ पैसा रहेको छ।
४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७३ लाख २५ हजार रुपैयाँ ऋणात्मक रहेको छ।













