साहस ऊर्जाको नाफामा उछाल, अन्य सूचकको प्रगति पनि उत्साहजनक - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

साहस ऊर्जाको नाफामा उछाल, अन्य सूचकको प्रगति पनि उत्साहजनक



काठमाडौं । विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै साहस ऊर्जा लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २८८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले १० करोड ७१ लाख नाफा कमाएको थियो ।

यो अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड २ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी ३०१.०८ प्रतिशतले बढेको हो ।

यता, वित्तीय खर्च ४७ करोड ६३ लाखबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रसाशनिक खर्च १५० प्रतिशतले बढेर १० करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल आम्दानी १७०.८८ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १७२.४७ प्रतिशतले वृद्धि भएको छ ।

३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको साहस उर्जाको जगेडा कोषमा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ११.८९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७३.३३ रुपैयाँ देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्