विद्युत बिक्री आम्दानी घटे पनि यसकारण बढ्यो पञ्चकन्या माई हाइड्रोपावरको नाफा
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म पञ्चकन्या माइ हाइड्रोपावरले ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी १ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो।
यसअवधिमा कम्पनीले ३६ करोड २१ लाख रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष यसको उक्त आम्दानी ३७ करोड ४६ लाख थियो । खर्च घटेका कारण कम्पनी विद्युत बिक्री आम्दानी घटे पनि कम्पनी नाफामा पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३.३३ प्रतिशत घटेको छ भने कुल सञ्चालन खर्च ७.०४ प्रतिशत घटेको छ।
१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १८ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ४१ पैसा रहेको छ ।













