मध्य भोटेकोशी जलविद्युतको वित्तीय अवस्था सुधारिँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले नोक्सानी घटाउँदै ल्याएको छ । एक वर्षको अवधिमा कम्पनीको नोक्सानी आधा घटेको देखिन्छ ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो आवमा कम्पनी ४ करोड ६६ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । तर, गत आवमा आइपुग्दा भने घटेर २ करोड ८ लाख ५७ हजार रुपैयाँ कायम भएको छ।
कम्पनीले वित्तीय खर्च घटाएसँगै नोक्सानीमा घट्दै आएको छ । अघिल्लो आवमा कम्पनीको वित्तीय खर्च ३ करोड ७० लाख रुपैयाँ रहेको थियो । तर, गत वर्षमा भने घटाएर २ करोड ६० लाख रुपैयाँमा सिमिति गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ । यता, रिटेन अर्निङ्ग भने ४१ करोड ४२ ला खरुपैयाँ ऋणात्मक छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ०.३५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९३.१० रुपैयाँ छ ।
कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका (तत्कालिन मार्मिङ र गाती गा.वि.स. भएर बग्ने भोटेकोशी नदीको जलसम्पदा प्रयोग गरि १०२ मेगावाट क्षमताको मध्ये भोटेकोशी जलविद्युत आयोजना निर्माण कार्य अघि बढाइएको छ।
उक्त आयोजनाका कामहरु मुख्यतः तीन भागमा विभाजन गरि निर्माणको चरणमा लगिएको कम्पनीले जनाएको छ । आयोजना निर्माणको चरणमा रहेकाले खास आम्दानी हुन सकेको छैन ।













