रिडी पावर २२ करोड २८ लाख नोक्सानमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रिडी पावर कम्पनीले २२ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीले घाटा व्यहोर्न पुगेको हो । यस अवधिमा विद्युत बिक्री गरी कुल ३० करोड ८४ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १६.८९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको ३७ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको कुल सञ्चालन खर्च ८ करोड २० लाख रुपैयाँबाट बढेर २३ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको क्यापिटल रिजर्भको आकार ६ करोड ६९ लाख र रिजर्भ फण्डको आकार भने २५ करोड ५२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियमका लागि कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ छुट्टाएको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ६७ करोड ३५ लाख रुपैयाँ र कुल चालु दायित्व ३६ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.५९ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९४.४४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.८१ गुणा ऋणात्मक कायम भएको छ ।













