ङादी ग्रुप पावरले कमायो साढे २ करोड नाफा
काठमाडौं । विद्युत आम्दानी घटेसँगै ङादी ग्रुप पावरको खुद नाफा पनि घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ६२.४४ प्रतिशत कम हो । अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १२ करोड ३५ लाखबाट घटेर १२ करोड १२ लाख रुपैयाँमा झरेको छ । यता, वित्तीय खर्च ३ करोड २२ लाख रुपैयाँबाट बढेर ३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । यता, प्रशासनिक खर्च ७४ लाखबाट बढेर १ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
१ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ङादीको रिटेन्ड अर्निङ १७ करोड ७० लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १.३७ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८२.६८ रुपैयाँ रहेको छ ।













