झनै बढ्यो सामलिङ पावरको नोक्सानी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

झनै बढ्यो सामलिङ पावरको नोक्सानी



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सामलिङ पावरको नोक्सानी झनै बढेको छ । कम्पनीको कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै नोक्सानी बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ३ करोड ७२ लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्था ३ करोड १८ लाख रुपैयाँ घाटामा थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी २६ करोड १ लाखबाट घटेर २५ करोड १८ लाख रुपैयाँमा झरेको छ । यता, वित्तीय खर्च १७ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।

५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ करोड २ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी ५.५६ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ १०६.०५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्