विद्युत बिक्री आम्दानीसँगै घट्यो राधी विद्युतको नाफा, अन्य सूचक कस्ता छन् ?
विद्युत बिक्री आम्दानीसँगै घट्यो राधी विद्युतको नाफा, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । विद्युत बिक्री आम्दानी घटेसँगै राधी विद्युत कम्पनीको नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा घटेको छ।
यो अवधिसम्म कम्पनीको खुद नाफा १७.७२ प्रतिशत घटेर ९ करोड २७ लाख रुपैयाँमा सीमति भएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १२ करोड ८४ लाख रुपैयाँ थियो।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४४ पैसा घटेर ५ रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.७५ गुणा रहेको छ।
१ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३४ करोड ७७ लाख रुपैयाँ रहेको छ।













