वित्तीय खर्च बढेसँगै बढ्यो छ्याङदी हाइड्रोपावरको नोक्सानी, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
काठमाडौं । छ्याङदी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी र सञ्चालन नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विद्युत बिक्रीबाट ९ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा पनि २ करोड ७१ लाख रुपैयाँबाट बढेर ५ करोड ३१ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको वित्तीय खर्च भने ७ लाख ८ हजार रुपैयाँबाट बढेर १० करोड ३९ लाख रुपैयाँ पुगेको छ । फलस्वरूप कम्पनीको घाटा झनै बढेको छ ।
सो अवधिसम्म कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
हाल यसको चुक्ता पुँजी ३८ करोड ६९ लाख रुपैयाँ छ । रिजर्भ कोष १५ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ६५ रुपैयाँ २१ पैसा रहेको छ ।













