१० श्रावण २०८३, आइतबार

यसकारण घट्यो सर्वोत्तम सिमेन्टको नाफा

यसकारण घट्यो सर्वोत्तम सिमेन्टको नाफा



काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यी अघिल्लो आर्थिक वर्षको तुलनामा १८.५१ प्रतिशत घटेको हो । अघिल्लो आर्थिक वर्ष २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीको सञ्चालन आम्दानी भने १८.४७ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो।

आम्दानी बढेपनि बिक्री लागत बढ्दा नाफामा दबाब परेको देखिन्छ। बिक्री लागत २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रुपैयाँ छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ।

४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ।