अब कुनै उद्योगको लाइन काटिदैन, सरकारले निजी क्षेत्रको लगानी खेर जान दिन्न : उद्योगमन्त्री भण्डारी
अब कुनै उद्योगको लाइन काटिदैन, सरकारले निजी क्षेत्रको लगानी खेर जान दिन्न : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको पहिलो प्राथमिकतामा उद्योग रहेको बताए । नेपाल सिमेन्ट उत्पादक संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।
उद्योगलाई चलायमान गराउन सके मात्रै अर्थतन्त्रले गति लिने उनले बताए ।
डेडिकेटेड र ट्रन्क लाइनको विवादमा कुनै पनि उद्योगको लाइन नकाटिने उद्घोषक गरे । ‘सरकार निजि क्षेत्रसँग निकटताका साथ सहकार्य गर्न तयार छ । डेडिकेटेड र ट्रन्क लाइनको विषयमा उद्योगको लाइन काटिने छिन् । सरकारको पहिले प्राथमिकता उद्योग नै हो’, उनले भने ।













