१० श्रावण २०८३, आइतबार

नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अवरुद्व

नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अवरुद्व



काठमाडौं । नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौं सडक अवरुद्व भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ ।

ठूलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।