आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओमा पौडेल
आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सीईओमा पौडेल
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।
पौडेल यसअघि आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । आइएमई लिमिटेड र जिएमइको मर्जरपछि त्यहाँबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् ।
आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आइएमई डिजिटल सोलुसन लगायतका कम्पनी सञ्चालकको रूपमा समेत पौडेल कार्यरत रहँदै आएका छन् ।













