साफ यू-२० च्याम्पियनसिप : नेपालले बंगलादेशको सामना गर्दै
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । नेपाल र बंगलादेश समुह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् ।
दुवैले आ-आफ्नो खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । आजको विजेताले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ ।
त्यस्तै समुह बी मा भने भारत र भुटानले एक एक खेल जितेका छन् । भारतले भुटानलाई र भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ‘ए’ बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह ‘बी’ मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।













