तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, उद्धार कार्य जारी
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, उद्धार कार्य जारी
काठमाडौं । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङदीमा खसेको थियो । बसमा ४० जना सवार रहेको जनाइएको छ ।
बस नदी किनारमा अड्किएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।












