१० श्रावण २०८३, आइतबार

टिकटकमा प्रतिबन्ध हटाउनेदेखि यस्ता छन् मन्त्रिपरिषद् बैठकको महत्वपूर्ण ९ निर्णय



काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउनेसहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै नेपाल आयल निगमलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब ५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य-सचिव पदमा डा. खगराज शर्मा नियुक्तलाई नियुक्त गरिने भएको छ । बैठकले काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिब ३३९७५ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।