८ श्रावण २०८३, शुक्रबार

प्रतितोला १ हजार २०० रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ घटेको हो ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च थियो । शुक्रबार नयाँ कीर्तिमान कायम गरेको सुनको भाउ आइतबार भने सस्तिएको हो । आजका लागि १ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर १ हजार ७५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्