जग्गा कित्ताकाट खुलाउने निर्णय
काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
अधिकांश स्थानिय सरकारले भू–उपयोग नीति नबनाउँदा कित्ताकाट रोकिएर समस्या भएको थियो । तर, सरकारले एक वर्षको समय सीमा दिएर सबै पालिकाहरुलाई जग्गा वर्गीकरण गर्न निर्देशन समेत दिएको थियो ।
यद्यपि, सरकारको निर्देशनअनुसार अधिकांश स्थानीय तहरुले पालना नगरेपछि समस्या भइरहेको थियो ।













