नेपाल-बंगलादेश विद्युत व्यापार : ४० मेगावाट बिजुली लैजान दशैं अघि नै सम्झौता गर्ने तयारी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाल-बंगलादेश विद्युत व्यापार : ४० मेगावाट बिजुली लैजान दशैं अघि नै सम्झौता गर्ने तयारी



काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत लैजाने भएको छ । बंगलादेशको अन्तरिम सरकारले सो बराबरको विद्युत लैजाने निर्णय गरेको हो ।

बंगलादेशका सञ्चारमाध्यमहरुका अनुसार नेपालबाट ४० मेगावाट बिजुली लैजाने प्रस्ताव स्वीकृत भएको जनाएका छन् । बंगलादेशका तत्कालिन प्रधानमन्त्री हसिनाको पालमा नेपालबाट विद्युत खरिद गर्ने समझारी भएको थियो । सोही समझदारीलाई अन्तिम रुपमा दिएर अन्तरिम सरकारले नेपालबाट विजुली लैजाने प्रस्ताव स्वीकृत गरेको हो ।

योसँगै नेपालबाट विद्युत निर्यात सम्झौताको प्रक्रिया अघि बढ्ने भएको छ । विद्युत निर्यातका लागि गत साउन १३ गते नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुने तयारी थियो । बंगलादेशमा आरणक्षको विरोधमा भएको हिंसात्मक आन्दोलनका विद्यत व्यापार सम्झौता हुन सकेको थिएन् । त्यसका लागि बंगलादेश र भारतबाट प्रतिनिधि समेत काठमाडौं आई नेपालसँग विद्युत व्यापारका लागि त्रिपक्षीय सम्झौता तयारी भएको थियो ।

यद्यपि, विभिन्न कारणले लम्बिएको सम्झौता अब भने अघि बढ्ने भएको छ । बंगलादेशको अन्तरिम सरकारले स्वीकृति प्रदान गरेसँगै तीनै वटा देशका प्रतिनिधिहरु बसेर सम्झौता गर्ने तयारी भईरहेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार दशैं अघि नै सम्झौता गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्