नेपाल हाइड्रोले सुपर खुदी हाइड्रोमा लगानी गर्ने
काठमाडौं । नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रोपावर परियोजनामा लगानी गर्ने भएको छ। कम्पनीले २६ मेगावाटको माथिल्लो खुदी हाइड्रोपावर परियोजना निर्माण गरिरहेको सुपर खुदीमा १० करोड लगानी गर्ने निर्णय गरेको छ।
नेपाल हाइड्रोले सुपर खुदीको १० लाख कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँका दरले खरिद गर्नेछ।












