सीइडीबी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, के-के छन् एजेन्डाहरु ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सीइडीबी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, के-के छन् एजेन्डाहरु ?



काठमाडौं । सीइडीबी हाइड्रोपावरले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले आगामी कात्तिक २० गते विशेष साधारण सभा बोलाएको हो ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा रहेका छन् ।

नियामक निकायहरुको निर्देशनअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव रहेको छ ।

यसका साथै सभाले ५ जना संचालकहरु नियुक्ति पनि गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्