लाभांश पारित गर्न मन्दाकिनी हाइड्रोपावरले डाक्यो साधारण सभा, हकप्रद सेयर पनि जारी गर्ने
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश वितरणको प्रस्ताव र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
सभा आगामी मंसिर ७ गते नेपाली चुलो, लाजिम्पाट, काठमाडौंमा हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सोही सभाले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुनेछ ।
यस्तै, सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित हुनेछन् । सोही सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।
सभमा कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लगानी अनुमोदन तथा थप गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा छन् । सभा प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक २८ गते बुक क्लोज गर्नेछ ।













