श्वेत–गंगा हाइड्रोपावरले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले ८औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको साधारणसभा आगामी मंसिर ६ गते काठमाडौंको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा कम्पनीको सञ्चालक समितिको आठौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
सभाले लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिम आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक २० गतेसम्म नेप्सेमा कायम भइ कारोबार गर्ने सेयरधनीले मात्र सभाले भाग लिन सक्नेछन् ।













