आज पनि ताेलामा ४०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदीकाे स्थिर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज पनि ताेलामा ४०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदीकाे स्थिर



काठमाडौं। साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार तोलामा ८०० रूपैयाँ बढेको सुनको मूल्य आज ताेलामा ४०० रूपैयाँ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावल सुनकाे मूल्य १ लाख ९३ हजार ७०० रूपैयाँ ताेकिएकाे छ ।आइतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आइतबार प्रतिताेला २ हजार २८५ रुपैयाँमा काराेबार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेबार भइरहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्