चालु आवको पहिलो महिना साउनको पूजीगत खर्च ०.१८ प्रतिशत मात्रै, राजस्व संकलन साढे ५ प्रतिशत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चालु आवको पहिलो महिना साउनको पूजीगत खर्च ०.१८ प्रतिशत मात्रै, राजस्व संकलन साढे ५ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा सरकारले ७२ करोड ६७ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ। जुन कुल वार्षिक खर्चको ०.१८ प्रतिशत मात्र हो ।

गत आवको यसै अवधिमा सरकारले लक्ष्यको २.४३ प्रतिशत अर्थात ८ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ पूँजीगत खर्च गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले वार्षिक लक्ष्यको २.३६ प्रतिशत मात्र अर्थात ४६ अर्ब ३० करोड ६६ लाख बजेट खर्च गरेको छ ।

चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकोमा हालसम्म १.५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९९ लाख र वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर विनियोजन भएकामा साउन मसान्तसम्म ७।२२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड खर्च भएको छ ।

यस्तै साउन मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ५.५८ प्रतिशत अर्थात ८५ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा सरकारले कर राजस्वबाट ८० अर्ब ९८ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको ६.११ प्रतिशत र गैरकर राजस्वबाट ३ अर्ब ८० करोड २९ लाख अर्थात् वार्षिक लक्ष्यको २.४६ प्रतिशत संकलन गरेको हो ।

यस्तै यस एक महिनामा सरकारलाई ४२ करोड १९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्