एकै महिना सरकारले उठायो ४० अर्ब ऋण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकै महिना सरकारले उठायो ४० अर्ब ऋण



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै सरकारले ४० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरेको छ ।

ब्याजदर इतिहासकै न्यून रहँदा सरकारले सस्तो ऋण उठाउने रणनीति अपनाएको देखिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोही अवधिमा ४ अर्ब ५७ करोड रुपैयाँ वैदेशिक ऋण पनि प्राप्त भएको छ । कार्यालयका अनुसार सोही महिनामा सरकारले ६ अर्ब ६१ करोड रुपैयाँ ऋण फिर्ता गरेको छ । यता, ५ अर्ब ४३ करोड रुपैयाँ ब्याज तिरेको छ ।

साउन महिनासम्म सरकारको कुल तिर्नुपर्ने ऋण २६ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यसमा १२ खर्ब ८१ अर्ब आन्तरिक र १४ खर्ब २ अर्ब बाह्य ऋण रहेको छ।


प्रतिक्रिया दिनुहोस्