साउन र भदाैमा मात्र वीरगञ्ज नाकाबाट २६ अर्ब भन्दा बढीकाे पेट्रोलियम पदार्थ आयात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट २६ अर्ब भन्दा बढीकाे पेट्रोलियम पदार्थ भित्रिएकाे छ।
साउन र भदाैमा मात्र यस नाकाबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्यूल (एटीएफ) र मट्टितेल भित्रिएकाे हाे ।
वीरगंज भन्सार कार्यालयका अनुसार गत वर्षको समान अवधिको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा वीरगंज नाका हुँदै पेट्रोलियम पदार्थको आयातमा १ अर्ब ७६ करोड रुपैयाँको वृद्धि भएको छ। आयातको वृद्धि सँगै सोही अवधिमा १ अर्ब २९ करोड रुपैयाँ बढीको राजस्व पनि संकलन भएको छ।
गत वर्षको दुई महिनामा पेट्रोलियम पदार्थबाट ९ अर्ब ८९ करोड रुपैयाँको राजस्व संकलन भएको थियो। यस्तै, चालु वर्षको उक्त अवधिमा ११ अर्ब १८ करोड रुपैयाँको पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व संकलन भएको छ।
यस अवधिमा ११ अर्ब ९१ करोड रुपैयाँको १,३२,८२४ किलो लिटर डिजेल आयात भएको छ, जसबाट ५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
गत वर्षको दुई महिनामा १० अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड रुपैयाँको राजस्व संकलन भएको थियो।
त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा ५ अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड राजस्व संकलन भएको छ।













