आन्दोलनपछिकाे आर्थिक पुनरुत्थानका लागि काेष स्थापना, सरकारले माग्यो पुनर्निर्माणका लागि सहयोग
काठमाडाैं । सरकरले भदाै २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा भएको क्षतिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि भौतिक पूर्वाधार पुनर्निर्माण काेष स्थापना गरेकाे छ ।
असाेज ५ गतेकाे मन्त्रिपरिषद् बैंठकले आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले यस्ताे काेष स्थापना गरेकाे हाे ।
सरकारले यस कोषमा योगदान पुर्याउनका लागि विभिन्न निकायहरूलाई आह्वान गरेको छ। यसमा प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूलाई योगदान गर्नका लागि आग्रह गरिएको छ।
यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन खर्च कट्टी गर्न पाइने अर्थमन्त्रालयले जनाएको छ ।













