नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा पुनर्निर्माण कोषमा १ करोड सहयोग
काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सरकारद्वारा हालै स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग प्रदान गरेको छ।
गत भदौ २३ र २४ गते देशभर भएका आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति पुगेकाले ती संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग गर्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ सहयोग गरेको हो।
सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे।













