कात्तिकमा प्रहरी कारबाहीबाट २४ करोड ८५ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को एक महिनामा नेपाल प्रहरीले विभिन्न प्रकृतिका कारबाहीबाट २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही राजस्व, श्रोत नलुलेको रकम, अवैध सुनचाँदी बरामद, हुण्डी, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट २४ करोड ८५ लाख १४ हजार ५६४ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो ।
विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान नै चलाएको छ ।
कात्तिकमा सबैभन्दा बढी अवैध मालसामान बरामदबाट १० करोड ८४ लाख ७ हजार ६२५(४३.६२ प्रतिशतं) राजस्व सङ्कलन भएको छ ।
यस्तै अदालती फैसला कार्यान्वबाट ६ करोड ९६ लाख ७१ हजार ४४२ रुपैयाँ (२८.०४ प्रतिशत), ट्राफिक कारबाही राजस्वमार्फत ४ करोड ९७ लाख ४५ हजार ६६१ रुपैयाँ (२०.०२ प्रतिशत), श्रोत नखुलेको रकमबाट १ करोड ३५ लाख ८४ हजार ३५० रुपैयाँ (५.४७ प्रतिशत) र अवैध सुनचाँदी बरामदाट २४ लाख ९७ हजार ९१९ (१.४१ प्रतिशत) राजस्व सङ्कलन भएको छ ।
त्यस्तै अवैध मुद्रा बरामदबाट १ लाख ७ हजार ४००, अवैध पशुन्छी नियन्त्रणबाट १३ लाख ५५ हजार ९५०, अवैध काठ बरामदबाट १० लाख ३ हजार ३८७ र अवैध नदीजन्य उत्खननबाट ११ लाख ४० हजार ८३० रुपैयाँ राजस्व संकलन भएको छ ।














