आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने निर्णय गरेकाे छ ।

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

योसँगै शेयरधनीहरुले अब कुनै पनि प्रकारको लाभांश पाउने छैनन्।

बैठकले संस्थाको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट स्वीकृत भएपछि आगामी आगामी वार्षिक साधारणसभामा वित्तीय विवरण अनुमोदनका लागि पेस गरिने संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्