बाढीले ठुलो क्षति गरेको माई बेनी जलविद्युतको विद्युत् पुनः उत्पादन सुरु
काठमाडौँ । गत असोज १७ गते देखि १९ गते गएको बाढीले क्षति गरेको माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजना पुस १ गतेदेखि पुनः विद्युत् उत्पादन सुरु भएको हो ।
इलाममा रहेको माई बेनी जलविद्युत आयोजनाको भौतिक संरचनाहरुमा ठुलो क्षति पुग्न गई विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको थियो ।
उक्त क्षतिपश्चात् कम्पनीद्वारा मर्मत तथा निर्माण कार्य सम्पन्न गरी पुनः प्लान्ट सञ्चालनमा आई आयोजनाबाट विद्युत् उत्पादन सुचारु भएको कम्पनीले जानकारी दिएको छ ।













