न्यादी हाइड्रोपावरको साधारण सभा पुस २९ गते, छैन लाभांश प्रस्ताव  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

न्यादी हाइड्रोपावरको साधारण सभा पुस २९ गते, छैन लाभांश प्रस्ताव 



काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले आफ्नो १८ औँ सभा पुस २९ गते मंगलबार काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा गर्ने भएको कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । 

सभामा कम्पनीले सञ्चालक समितिको प्रतिवेद छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१–८२ को वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने र विविध एजेन्डा रहेको छ । 

तर, लाभांश सम्बन्धी भने प्रस्ताव कम्पनीले गरेको छैन । 


प्रतिक्रिया दिनुहोस्