त्रिशुली जलविद्युतको साधारण सभा पुस २५ गते
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीका सचिव भरत कुमार खड्काका अनुसार कम्पनीले पुस २५ गते शुक्रवार १४औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीको बुधवार ४:३० मा बसेको २३४ औँ सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीले सभा काठमाडौंको नयाँ बजारमा रहेको सासा बैन्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ११ बजे देखी हुने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १६ सम्म कायम हरेका शेयर धनीले मात्र कम्पनीको वार्षिक उत्सवमा भाग लिन पाउने छन् ।













