रिडी पावरको साधारण सभा पुस २५ गते
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २४्औं वार्षिक साधारण सभा पुस २५ गते बस्ने भएको छ । काठमाडौं को गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सभा बस्ने भएको हो ।
बिहीबार सबेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश सम्बन्धित कुनै पनि एजेन्डा छैन ।
कम्पनीको प्रबन्ध पत्र नियमावलीमा संशोधन, विद्युत् नियमन आयोग लगायत सरकारी कार्यालयहरूमा कम्पनीको तर्फबाट गर्नुपर्ने पत्राचार लगायत स्वीकृतिका लागि कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरू बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा अगाडि सारिएको छ ।
साधारण सभाको प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।













