कालिका पावर कम्पनीको साधारण सभा पुस २८ गते  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कालिका पावर कम्पनीको साधारण सभा पुस २८ गते 



काठमाडौँ । कालिका पावर कम्पनी लिमिटेडले साधारण सभा बस्ने भएको छ । कम्पनीको १८औँ वार्षिक साधारण सभा पुस २८ गते सोमबार दियालो फुडल्याण्ड चितवन भरतपुर चितवनमा बिहान ११ बजे बस्ने भएको छ । 

सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गते भन्दा अगाडि कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउने छन् । 


प्रतिक्रिया दिनुहोस्