दोल्ती पावरको साधारण सभा आह्वान
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ५औँ वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको हो ।
कम्पनीले सभा काठमाडौंको पुरानो बानेश्वरमा रहेको काजीको किचनमा बिहान ८:३० देखि गर्ने भएको छ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सानको हिसाब विवरण, नगद प्रवाह उपर छलफल गरी पारित गर्ने भएको छ ।
कम्पनीले सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने विषयमा छलफल हुने भएको छ ।













