सरकारको पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख उठ्यो
काठमाडौं । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको उठेको छ ।
उक्त कोषमा मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ बराबरको रकम जम्मा गरेको छ । सोही रकम सहित सकारको उक्त कोषमा १२ करोड ३३ भएको हो ।
गत भदैं २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफले २५ लाख सहयोग उपलब्ध गराएको हो ।













