सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषको ५१ लाख योगदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषको ५१ लाख योगदान



काठमाडौं । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु ५१ लाख सहयोग उपलब्ध गराएको छ ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयेग गरेको हो ।

उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे ।

सो अवसरमा अर्थ सचिव डा।घनश्याम उपाध्याय, सहसचिव उत्तर कुमार खत्री लगायत नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की समेतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले नागरिक लगानी कोषलाई धन्यवाद ज्ञापन गरे ।

साथै अर्थ मन्भालयले उक्त रकम सहित आजसम्म उक्त कोषमा १४ करोड ०७ लाख जम्मा भएको समेत जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्