रसुवा भन्सार कार्यालयबाट ६ महिनामा १ अर्ब १६ करोड राजस्व उठ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रसुवा भन्सार कार्यालयबाट ६ महिनामा १ अर्ब १६ करोड राजस्व उठ्यो



रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब १६ करोड राजस्व संकलन गरेको छ ।

७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले दिएको जानकारी अनुसार हाल करिब २०० वटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ ।

कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले बताए । हालसम्मको सरसफाइबाट करिब २५० वटा ट्रक अट्ने वातावरण बनेको छभने केही भागमा अझै सफाइ बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।

सो अवसरमा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार जना कर्मचारीलाई सम्मान गरिएको थियो । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा ३ अर्ब २१ करोड रुपैयाँ राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा ७४ करोडबराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौँलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायबसुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्