२८ आश्विन २०८३, बुधबार

फर्स्ट माइक्रोफाइनान्सद्वारा ११ प्रतिशत नगद लाभांश घोषणा



काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

असोज २७ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।