स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १६ प्रतिशत नगद लाभांश
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ काे मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।















